www.tandavnews.com
Fact ~ In search of truth

पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याइने

काठमाडौँ ।

सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रको गुरुयोजना कार्यान्वयनमा ल्याउने भएको छ ।
Batas
धार्मिक, सांस्कृतिकस्थललाई समेटेर धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेकाे आर्थिक वर्ष २०८०/२०८१ को बजेट वक्तव्यमा उल्लेख छ ।
सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन गरी पर्यटन प्रवर्द्धन गरिने पनि बजेट वक्तव्यमा उल्लेख गरिएको छ । एक सय वर्षभन्दा पुराना गुम्बाको संरक्षण गरिनुका साथै भूकम्पले भत्किएका नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुर, धादिङलगायत जिल्लाका गुम्बा पुनःनिर्माण गरिने भएको छ । गुठी जग्गा संरक्षणका लागि एकीकृत अभिलेख तयार गरिने भएको छ ।
रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.