www.tandavnews.com
Fact ~ In search of truth

भारत भ्रमण अघि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भेटवार्ता भएको छ । सो भेटमा प्रधानमन्त्री दाहालले आजदेखि हुने आफ्नो मित्रराष्ट्र भारतको औपचारिक भ्रमणबारे जानकारी गराएकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भेटमा परराष्ट्र सचिव भरतराज पौड्यालसमेत सहभागी थिए ।

चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री आज भारत प्रस्थान गर्दै छन् । प्रधानमन्त्री दाहाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्याह्न १ः२५ बजे प्रस्थान गर्नेछन् । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल यही जेठ २० गते साँझ स्वदेश फर्कने कार्यसूची छ ।

Batas

रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.