www.tandavnews.com
Fact ~ In search of truth

‘प्रेडिक्सन गरेर घरमै बसीबसी पैसा कमाउनुस्’ भन्दै ‘बेट एप’काे प्रोमोसन गर्ने ८ जना पक्राउ

पोखरा ।

बेटीङ एपको प्रोमोसन गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो।

हास्यकलाकार बल्छी धुर्वे नामले चिनिने मरिचमान श्रेष्ठ, म्याकुरी भनेर चिनिने पवन खतिवडा, राजुमास्टर भनेर चिनिने राजु पौडेल, युट्युबर अलिश राई, युट्युबर जलन घर्तीमगर ‘जलन’, गणेश देवकोटा ‘जिडी’, सरोज घिमिरे ‘ढेडो बुढो’ र भटभटे माइला भन्ने बेगम नेपाली पक्राउ परेका हुन् ।

Batas

युट्युब मार्फत वान एक्स बेट लगायत बेटीङ प्ल्याटफर्मबारे उनिहरुले प्रचार गर्दै आएका छन् । उनिहरुले भिडियोमा ‘प्रेडिक्सन गरेर, घरमै बसीबसी पैसा कमाउनुस् । प्रोमो कोड युज गरे बोनस आउँछ’ भन्दै प्रलोभन देखाउने गरेका छन् ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.