www.tandavnews.com
Fact ~ In search of truth

सहकारी दिवसको पुर्वसन्ध्यामा सहकारीको संयुक्त सरसफाई

पोखरा,
ताण्डव न्यूज ।
६२ औँ सहकारी दिवसको अवसरमा पोखरा नयाँबजारमा अवस्थित मित्रमिलन कृषि सहकारी संस्थाले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले दिवसको अवसरमा संस्थाको प्राङ्गणबाट सरसफाई कार्यक्रम सुरु गरेको थियो ।

मित्र मिलन ,राष्ट्रिय सहकारी बैंक र माछापुच्छ्रे सहकारी संस्थाको संयुक्त सहभागितामा नयाँबजार दमकल मार्ग हुदैँ न्युरोड सरसफाई गरिएको थियो । दिगो विकास लक्ष्य प्राप्तिको लागि सहकारी भन्ने मुल नारासहित चैत २० गते भोली ६२ औँ राष्ट्रिय सहकारी दिवस देशैभर मनाईदैछ ।

पोखरामा भोली प्रभातफेरिको आयोजना गरिएको छ। महानगरपालिकाको कार्यालय अगाडिबाट ११ बजे शुरु हुने प्रभातफेरी सभागृहचोक, पृथ्वीचोक हुदैँ प्रदर्शनी केन्द्रमा पुगी सभामा परिणत हुनेछ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.