www.tandavnews.com
Fact ~ In search of truth

नयाँ व्यवस्थापनसहित विन्दवासिनी दोहोरी सञ्चालनमा

पोखरा ।

पोखरामा रहेको विन्दवासिनी दोहोरी साँझ नयाँ व्यवस्थापनका साथ पुन सञ्चालनमा आएको छ । ८ महिनाअघि पोखरा महानगरले अन्डरग्राउण्ड खाली गरी पार्किङ बनाउने आदेश दिँएसँगै यो दोहोरी बन्द रहेको थियो ।

यसअघि आर.के विल्डिङको अन्डरग्राउण्डमा सञ्चालन हुँदै अाएकाे दोहोरी साँझ अहिले चिप्लेढुंगा (दि भिजेलजसँगै)मा सरेको छ ।

Batas

दोहोरीका सञ्चालक विरेन्द्र केसीले अन्डरग्राउण्डमा ७०/८० लाखको संरचना भत्काउन परेको बताए । उनका अनुसार अहिले यो दोहोरीको लगानी एक करोड हाराहारीको छ । ‘‘ग्रान्ड ओपनिङ सुरु भएपनि औपचारिक कार्यक्रम गर्न बाँकी छ । व्यवसायीको लगानी गर्ने अवस्था छैन । यस्तो बेलामा महानगरको कदमलाई जबर्जस्ती स्वीकार्न बाध्य हुन परेको छ,’’ उनले भने ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.