www.tandavnews.com
Fact ~ In search of truth

गण्डकी प्रदेशः थप १ सय ३९ जनामा पोजेटिभ रिपोर्ट, १ संक्रमितको मृत्यु

ताण्डव न्यूज

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको दैनिक कोरोना सम्बन्धी विज्ञप्तिअनुसार पछिल्लो २४ घन्टामा गण्डकीका ८ सय ६६ जनामा गरिएको नमुना परीक्षणमा थप १ सय ३९ जनामा पोजेटिभ रिपोर्ट देखिएको छ ।

स्वास्थ्य निर्देशनालयअनुसार आजमात्रै नवलपुर ४, स्याङ्जा २३, बागलुङ १, कास्की ७८, तनहुँ २४, गोरखा ५, लमजुङ २ र म्याग्दी २ जना सक्रिय संक्रिमत रहेको निर्देशनालयले जनाएको छ ।

Batas

पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशका १ सय ४१ जना निको भएर घर फर्किएका छन् । त्यस्तै १४ सय १४ जना होम आइसोलेसनमा रहेका छन् । आज गण्डकी प्रदेशमा १ जना संक्रमितको ज्यान गएको छ । मृत्यु हुनेमा कास्की मादीका ८० वर्षीय महिला रहेका छन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.