www.tandavnews.com
Fact ~ In search of truth

स्याङजामा एघार सय लिटर अवैध घरेलु मदिरा नष्ट

स्याङजा ।

प्रहरीले स्याङ्जाका विभिन्न भेगबाट एक हजार १०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाका विभिन्न भेगबाट ठूलो परिमाणमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।

Batas

गल्याङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले गल्याङ–१ राम्दीबाट ७५५ लिटर, सेतीदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पुतलीबजार नगरपालिका–४ नौडाँडाबाट ९५ लिटर र फेदीखोला प्रहरी चौकीबाट खटिएको टोलीले फेदीखोलाबाट २५० लिटर गरी कूल एक हजार १०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो ।

नियन्त्रणमा लिएको तयारी मदिरा तथा कच्चा पदार्थलाई स्थानीय बुद्धिजिवी, भद्रभलाद्मी, स्थानीय जनप्रतिनिधि एवं पत्रकारको रोहवरमा नष्ट गरिएको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.