www.tandavnews.com
Fact ~ In search of truth

स्वयंसेवी रक्तदाता समाज कास्कीको रक्तदान कार्यक्रम

पोखरा ।

नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व रक्तदाता दिवसको अवसरमा बुधबार पोखरामा आयोजित कार्यक्रममा ३० पिन्ट रगत संकलन गरिएको समाजले जानकारी दियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले कुमार बराललाई ब्लड ब्याग हस्तान्तरण गरि रक्तदान सुरु गरिएको थियो ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी कास्कीका जिल्ला सभापति डण्डराज शर्मा, ब्लड बैंक प्रमुख अर्जुन ज्ञवाली, पोखरा महानगर ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी, पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली, दुर्लभ रक्तदाता समन्वय समितिका संयोजक नेत्र ढकालले रक्तदानको महत्वबारे बोलेका थिए ।

Batas

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तीर्थराज अवस्थी, निवर्तमान अध्यक्ष जितेन्द्रमान शाक्य, प्रथम उपाध्यक्ष दिपेन्द्र दिपु, द्वितिय उपाध्यक्ष इन्दु शर्मा, सचिव पवन पाठक, सहसचिव सागर पौडेल , कोषाध्यक्ष पौडेल नरेश, सह कोषाध्यक्ष रक गुरुङ, सदस्य महेन्द्र लामिछाने लगायतको उपस्थिती थियो ।

संस्थाका अध्यक्ष बिरेन्द्र पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रादेशिक रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।

 

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.