www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रिय विभूति तथा सहिद पार्कमा वृक्षरोपण र शिलान्यास

पोखरा/ ताण्डव न्यज ।

पोखरा १८ जामुनबोटमा पोखरा महानगरपालिकाले बनाएको राष्ट्रिय विभूति तथा सहिद पार्कमा मदन भण्डारी फाउन्डेसनले वृक्षरोपण तथा मदन भण्डारीको शालिक शिलान्यास गरेको छ ।

जननेता मदन भण्डारीको ७० औं जन्म जयन्तीका अवसरमा फाउन्डेसनले वृक्षरोपण तथा भण्डारीको पूर्ण कदको शालिक निर्माणको लागि शिलान्यास कार्यक्रम गरेको हो ।

Batas

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी र नेकपा एमालेका केन्द्रीय सदस्य भीम कार्कीले शालिकको शिलान्यास गर्नुका साथै वृक्षरोपण गरेका थिए। फाउन्डेसनले पार्क भित्र भण्डारीको पूर्णकदको शालिक निर्माण गर्नुका साथ आकर्षक वाटिका निर्माण गर्ने भएको छ ।

मदन भण्डारी फाउन्डेसन कास्कीका अध्यक्ष माधव बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा महानगर प्रमुख जिसी, एमाले केन्द्रीय सदस्य कार्की, वडा नम्बर १८ का अध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर थापा, फाउन्डेसनका सदस्य हिरा गिरीले जननेता मदन भण्डारीको बारेमा चर्चा गर्रेका थिए ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.