www.tandavnews.com
Fact ~ In search of truth

अपराह्न ४ बजे घोषणा हुँदैछ ‘समाजवादी मोर्चा’

काठमाडौँ ।

नेकपा(माओवादी केन्द्र)लगायतका राजनीतिक दलले आज समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । मोर्चाको अवधारणासमेत तयार भएको उनीहरुले जानकारी दिएका छन् ।
Batas
मोर्चा घोषणाका लागि राष्ट्रियसभा गृहमा अपराह्न ४ बजेका लागि कार्यक्रम तय गरिएको छ । यसअघि ३ बजेका लागि कार्यक्रम तय भएकामा एक घण्टा पर सारिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही कार्यक्रममा व्यस्त हुनुपर्ने भएकाले समय परिवर्तन गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । मोर्चामा नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी हुने भएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज मोर्चा घोषणा गर्ने र त्यसको न्यूनतम अवधारणालाई स्वीकृत गरेको थियो ।
मोर्चा घोषणाको संयुक्त अवधारणामा हस्ताक्षरलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहरुले छलफल गरेका छन् । छलफलमा प्रधानन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेता सहभागी छन् ।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.