www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् ।

अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए। चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन् ।

Batas

गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको बताए। ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.