www.tandavnews.com
Fact ~ In search of truth

मिसेल काण्डः सम्भावित ‘इन्भेस्टिगेसन स्ट्राटेजी’

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

सरकारले भिजिट नेपाल २०२० घोषणा गरिरहँदा ताण्डव न्यूजले ‘विदेशीले नेपाललाई प्रयोग गरेर कसरी कमाउ धन्दा चलाउछन्’ भन्ने आसयको समाचार प्रकाशन गर्यो ।

पोखराबाट यो समाचार प्रकाशन गरेको हप्ताअघि सय बढी चिनियाँ समातिए । जसले नेपालबाट करोडौँ रकम कुम्ल्याउन ७ तला घर नै भाडामा लिएर काम गरिरहेका थिए । यसअघि पनि चिनियाँ ह्याकरहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

Batas

यहाँनेर घटनाको प्रकृति फरक भएपनि ध्येय उहि देखिन्छ, रकम आफ्नो देशको बैंक अकाउन्टमा जम्मा गर्ने ।

मिसेलले के गरिन् ?

मिसेल वेल्स पोखरामा परिचित अमेरिकन हुन् । उनको पुरा नाम मिसेल अलेक्जेंद्रा वेल्स हो । उनलाई चर्चित गराउनमा उनि नेतृत्वको संस्था लर्निङ हाउसको भुमिका देखिन्छ । लर्निङ हाउस ‘प्राइभेट लिमिटेड’ अन्तर्गत दर्ता भएको संस्था हो ।

संस्थाको विधान अनुसार उक्त संस्थाले मेनेजमेन्ट, करियर स्किल, बरिस्टा र ल्याङ्ग्वेज ट्रेनिङ मात्रै प्रदान गर्न पाउने व्यवस्था छ ।

तर लर्निङ हाउसले शुल्क उठाएर पुल पार्टी, डानेसन लगायतका कार्यक्रममा संलग्न हुँदै आएको तथ्य हामीले प्रकाशन गरिसकेका छौँ । जुन कार्यहरु गैरकानुनी छन् ।

अनलाइन डोनेसन त कतिपयलाई थाहै छैन । यतिसम्म कि यस विषयमा अध्यागमन कार्यालय पोखरालेसमेत मेसो पाएन् । अध्यागमनले भिषाको अवधि मात्र हेर्छ भनेर तर्कियो । व्यवसायी, संघसंस्थाहरुसँग लिइएको डोनेसन पनि पुर्ण रुपमा गैरकानुनी छ । कारण, ऐनले नै स्पष्ट भनेको छ कि ‘प्रशासनको अनुमति विना कुनै पनि संस्था वा ब्यक्तिलाई चन्दा लिन बर्जित गरिएको छ ।’

सेन्टीमेन्ट्सको डोनेसनमा मस्त मिसेल !

कतिपयलाई थाहा नहुन सक्छ, लर्निङ हाउसको नेतृत्व गरिरहेकी मिसेलको अर्को संस्था पनि छ । अमेरिकाको कोलोराडोमा ‘खाता लाइफ’ नामक संस्था उनले दर्ता गरेकी छिन् ।

उनले नेपालका बालबालिका, विकट ठाउँ देखाएर वेबसाइटमार्फत सहयोगको अपिल गर्छिन् । उनको अपिल विदेशीलाई नै हुन्छ । तस्विर हेरेर कस्को मन नपग्लीएला र ? सहयोग पनि भनेअनुसार नै उठ्छ ।

तर उनले मागेको सहयोग सिधै अमेरिकाकै उनको पर्सनल अकाउन्टमा पुग्छ । नेपालको तस्विर प्रयोग गरेर डोनेसन अर्थात चन्दा उठाउनु कानुन बर्खिलाप छ ।

यसबारे उल्लेखीत कानुन यसप्रकार छ :

चन्दा उठाउनमा प्रतिबन्ध :
चन्दा ऐन, २०३०
(१) नेपाल सरकार वा प्रदेश सरकारको पूर्व स्वीकृति लिई धार्मिक, परोपकारी वा अन्य सार्वजनिक कार्यको लागि कसैले स्वेच्छाले दर नतोकी चन्दा लिन दिन बाहेक कुनै व्यक्ति वा सरकारी वा गैर सरकारी कार्यालय वा संस्थाले कसैबाट चन्दा उठाउन वा लिन हुँदैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ४ बमोजिम गठित कुनै प्रदेशस्तरीय समितिबाट खास गरी शैक्षिक, सामाजिक, संस्था तथा अन्य विकास कार्यको लागि यस ऐन अन्तर्गत बनेको नियममा तोकिए बमोजिम खर्च गर्ने गरी चन्दा उठाउन सकिनेछ ।
५. चन्दा उठाउनु अघि स्वीकृति प्राप्त गर्नुपर्ने
चन्दा ऐन, २०३०
समितिले चन्दा उठाउनको लागि चन्दाबाट उठाउनु पर्ने रकम र सो रकम कसरी उठाउने हो सो कुरा निश्चित गरेपछि सो र सो रकम खर्च गरिने कार्य वा योजनाको सम्बन्धमा विस्तृत विवरण खोली”नेपाल सरकार वा प्रदेश सरकारको” स्वीकृतिको लागि पेश गरी स्वीकृति प्राप्त भएपछि मात्र सो बमोजिम चन्दा उठाउन सकिनेछ ।
६. चन्दा रसीद
चन्दा ऐन, २०३०
यस ऐन बमोजिम चन्दा उठाउँदा देहाय बमोजिम चन्दा रसीद छपाई सो रसीदको आधारमा मात्र चन्दा उठाउनु पर्छ ।
(क) चन्दा रसीदमा सो छाप्ने छापाखानाको नाम र ठेगाना छापिएको हुनुपर्छ ।
(ख) चन्दा रसीदमा सिलसिलेवार नम्बर हुनुपर्छ ।
(ग) चन्दा किताबको प्रत्येक पृष्ठमा रहने रसीदका तीन प्रतिहरु अनिवार्य रुपमा छपाउनु पर्नेछ । ती तीन प्रतिहरु मध्ये एक प्रति चन्दा दातालाई, एक प्रति चन्दा संकलनकर्ता कहाँ र एक प्रति महालेखा परिक्षकको कार्यालयमा पठाउनु वा रहनु पर्छ ।
(घ) चन्दा संकलनको निमित्त छपाउने रसीदमा दताले दिने नगदी जिन्सी भन्ने शब्दहरु पनि छापाखानाबाट छापिएको हुनुपर्छ ।
(ङ) चन्दाको प्रत्येक रसीदमा समितिको कार्यालयको छाप र सदस्य सचिवको हस्ताक्षरको निस्सा लागेको हुनुपर्छ ।

इनभेस्टिगेसन स्ट्राटेजी

कास्की प्रशासनमा यस्तो प्रकृतिको उजुरी परेको सम्भवतः पहिलोपटक हो । यो विशेषतः अनलाइनमार्फत गरिने हुँदा सम्बन्धीत निकायलाई थाहा नभएको हुनसक्छ ।

यसबारे ताण्डव न्यूजको स्रोतले थाहा पाएपछि हामी निरन्तर इनभेस्टिगेसनमा लागिरहेका छौँ । सोही इनभेस्टिगेसनको आधारमा हामीले प्रशासनलाई सहज हुने केही बुँदा तयार पारेका छौँ :

१. मिसेल वेल्स बताउने उनको पुरा नाम मिसेल अलेक्जेंद्रा वेल्स हो । उनि बिजनेस भिसामा नेपालमा रहिआएकी छिन् । उनको नेतृत्वमा पोखरा न्यूरोडमा लर्निङ हाउस संचालन भइरहेको छ । अफिसको होर्डीङ बोर्ड, आवद्ध र आयोजना गरिने कार्यक्रममा लर्निङ हाउस मात्रै लेखिएपछि संस्था ‘लर्निङ हाउस प्राभेट लिमिटेड’ हो । यसबारे धेरै जानकार छैनन् ।

२. लर्निङ हाउसको विधान विपरित कार्यहरु भइरहेका छन् । लर्निङ हाउसको उद्धेश्य अनुरुपको कार्य भएको पाइदैन । हामीले प्रकाशन गरेका समाचारहरुमा समेत यस कुरा उल्लेख गरिसकेका छौँ ।

३. पोखरा, विशेषतः लेकसाइडका व्यवसायीसँग मिसेलको उठबस राम्रै छ । बर्थ डे सेलेब्रेसन देखि जेम्स बोन्ड थेममा गरिएका पार्टीहरुमा व्यवसायीकै चहलपहल बढी देखिन्छ । मिसेलको व्यवहाबाट कन्भिन्स्ड व्यवसायीहरु नै उनका चन्दादाता हुन् । कार्यक्रम आयोजना पनि गर्छिन्, सहयोग गरेजस्तो पनि गर्छिन् । त्यहि कार्यक्रममा सहयोग गरेको तस्विर वेबसाइट र ट्वीटरमा राखेर चन्दा उठाउन सुरु हुन्छ । जसको प्रमाण ताण्डव न्यूजसँग सुरक्षीत छ । चन्दा उठाउनै नपाइने कानुन अनुरुप यो पनि सरासर गलत ठहरिन्छ ।

४. मिसेलको अर्को गैरकानुनी काम खाता लाइफबाट भइरहेको छ । संस्था अमेरिकाको मडिसन एव भन्ने ठाउँमा दर्ता छ । सन् २०१६ जुलाई १८ सोमबार खाता लाइफ २०१६१४८०६१४ नं मा इन्ट्री भएको रेकर्ड छ । यसलाई ननप्रोफिट अर्गनाइजेसन अर्थात गैर नाफमुलक संस्था भनि दर्ता गरिएको छ । यसरी विदेशमा दर्ता भएको संस्थाले नेपालको कुनै पनि प्रशासनिक निकायमा दर्ता नभई नेपालकै तस्विर प्रयोग गरेर डानेसन माग्ने गरेको प्रमाण छ ।

५. समाचार प्रकाशन भएपछि प्रतिकारमा उत्रिएका उनका नजिकका सहयोगकर्ताहरुले उनिसँगको तस्विरहरु हटाउन सुरु गरिसकेका छन् । यसैपनि मिसेलले केही कार्यक्रमको तस्विर, रकम उठाएका प्रमाणहरु त्यति शेयर गर्दिनन् । उनले गर्ने कार्यक्रमहरु गोप्य हुन्छन् । यसअर्थमा कि, छुट्टै वुमन अन्ली ग्रुप बनाएर पुल पार्टी लगायतका अन्य इभेन्ट्समा महंगो टिकट दर राख्छीन् र ब्यानरमा लर्निङ हाउसको लोगो पनि समावेश हुन्छ । जुन सरासर लर्निङ हाउसको उद्धेश्य विपरित छ । त्यसैमाथी, उक्त इभेन्ट्स बारे प्रशासनमा कुनै जानकारी गराइएको हुँदैन ।

मिसेल सम्बन्धी प्रमाण सहित हामीले प्रकाशन गरेका न्यूजहरु :

कानुन बर्खिलाप अमेरिकी मिसेलको ‘कमाउने मिसन’ !

‘मिसेल काण्ड’ अख्तियारमा फाइल

लर्निङ हाउसको प्रतिक्रिया, हाम्रो प्रमाणसहितको समाचार

अमेरिकन नागरिक मिसेल बिरुद्ध पोखरामा उजुरी

मिसेलको अर्को काण्ड : ‘समाज सेवाको नाममा कमाउ धन्दा’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.