www.tandavnews.com
Fact ~ In search of truth

कानुन बर्खिलाप अमेरिकी मिसेलको ‘कमाउने मिसन’ !

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

अमेरिकि नागरिक मिसेल अलेक्जेंंद्रा वेल्सले नेपालको कानुन बर्खिलाप डोनेसन उठाउँदै आएकी छिन् । बिजनेस भिसामा नेपाल रहिरहेकी मिसेलले कानुन र प्रशासनलाई लत्याउँदै आफुखुसी डोनेसन उठाएकी हुन् ।

ताण्डव न्यूजले मिसेलको अवैध कार्य बारे पटक पटक समाचार प्रकाशन गरिरहेको छ । प्रशासन मौन रहेकै बेला, हामीले पुनः मिसेल नेतृत्वको लर्निङ हाउसले ट्रेनिङको नाउँमा बिना रसिद रकम लिएको फेला पारेका छौँ ।

Batas

यहि जनवरी ३ अर्थात यही पुस १८ गते (शुक्रबार) लर्निङ हाउस प्रालिमा ‘इन्ट्रडक्सन टू ब्रान्डीङ्ग ः अ मार्केटिङ वर्कसप’ टाइटलमा केहि विद्यार्थी राखेर ट्रेनिङ दिइएको छ । ट्रेनिङ शुल्क १ हजार रुपैयाँ राखिएको थियो । विद्यार्थीहरुले शुल्क बुझाए, तर शुल्क दिएबापतको रसिद लर्निङ हाउसले प्रदान गर्न मानेन । यो समान्य कुरा होला तर यस अघि पनि यस्ता धेरै कार्यक्रम विना विल टिकटको भरमा भएको छ, जुन एउटा प्रालिले गर्न मिल्दैन् ।

ट्रेनिङका लागि गरिएको आह्वान । जसमा १ हजार रुपैयाँ शुल्क तोकिएपनि रसिद दिइएन ।

ट्रेनिङका लागि गएका विद्यार्थीमध्ये एकले ताण्डव न्यूजसँग कुरा गर्दै भने ‘१ हजारको रसिद पाइन्छ कि भनेको पाइएन । ट्रेनिङबाट खासै नयाँ कुरा पनि सिक्न पाइएन । उहि अन्य अनलाइन साइटहरुमा देखिएका कुराहरु मात्र देखाइयो । झारा टार्न गरेको कार्यक्रम जस्तो पो देखियो ।’

ट्रेनिङमा सहभागी एक युवतीको गुनासो पनि उस्तै थियो । ‘कार्यक्रम झारा टार्नकै लागि गरिएको जस्तो देखियो । अर्को कुरा शुल्क दिएपछि रसिद नदिने ? अचम्मै भयो ’ ताण्डव न्यूजसँग उनले सुनाइन् ।

शुक्रबार लर्निङ हाउसमा ट्रेनिङ दिइरहेकी मिसेल र सहभागीको नामावली । (गोपनियताको कारण सहभागीको थर ‘ब्लर’ गरिएको छ ।)

नेपालीले डोनेसन उठाउँदा सोझै कारवाही गर्ने प्रशासन, मिसेल काण्डमा किन मौन ?

केहि समय अघि फेसबुकमा रहेको हाम्रो पोखरा नामक ग्रुपका सदस्यहरुले डोनेसन उठाइरहँदा बगरबाट पक्राउ परेका थिए । उनिहरुलाई पक्राउ गर्नुको कारण थियो, प्रशासनसँग अनुमति नलिनु । जिल्ला प्रशासन कार्यालयले पनि अनुमति नलिई डानेसन उठाइएको पाइएमा कारवाही गरिने भनेर उर्दि नै जारी गरेको थियो ।

तर, अमेरिकि नागरिक मिसेलले पोखरामा खुलेआम डोनेसन उठाइरहेकी छिन् । यसबारे प्रशासन बेखबर रहनु प्रश्नको विषय बनेको छ ।

‘सपोर्ट स्ट्रिट एथलेट्स इन नेपाल’ शिर्षकमा खाता लाइफमा डोनेसन आह्वान गरिएको छ । मिसेलले २०१९ नोभेम्वर ६ तारिकमा आफै एकाउण्डबाट रकम उठेको पुष्टी गरेकी छिन् । जसमा ४५ हजार रुपेँया बार स्क्वायडको नाउँमा चेक देखाइएको तस्विर मिसेल स्वयंले  वेबसाइट र समाजिक संजालमा अपलोड गरेकि छिन् ।

स्मरण रहोस्, ‘खाता लाइफ’ अमेरिकामै दर्ता भएको संस्था हो । जुन संस्था नेपालको कुनै पनि प्रशासनिक निकायमा दर्ता छैन । जिल्ला प्रशासन कार्यालय कास्कीकै उर्दि अनुसार पनि यो कार्य सरासर गलत ठहरिन्छ ।

कानुनमा के छ ?

३. चन्दा उठाउनमा प्रतिबन्ध :
चन्दा ऐन, २०३०
(१) नेपाल सरकार वा प्रदेश सरकारको पूर्व स्वीकृति लिई धार्मिक, परोपकारी वा अन्य सार्वजनिक कार्यको लागि कसैले स्वेच्छाले दर नतोकी चन्दा लिन दिन बाहेक कुनै व्यक्ति वा सरकारी वा गैर सरकारी कार्यालय वा संस्थाले कसैबाट चन्दा उठाउन वा लिन हुँदैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ४ बमोजिम गठित कुनै प्रदेशस्तरीय समितिबाट खास गरी शैक्षिक, सामाजिक, संस्था तथा अन्य विकास कार्यको लागि यस ऐन अन्तर्गत बनेको नियममा तोकिए बमोजिम खर्च गर्ने गरी चन्दा उठाउन सकिनेछ ।
५. चन्दा उठाउनु अघि स्वीकृति प्राप्त गर्नुपर्ने
चन्दा ऐन, २०३०
समितिले चन्दा उठाउनको लागि चन्दाबाट उठाउनु पर्ने रकम र सो रकम कसरी उठाउने हो सो कुरा निश्चित गरेपछि सो र सो रकम खर्च गरिने कार्य वा योजनाको सम्बन्धमा विस्तृत विवरण खोली”नेपाल सरकार वा प्रदेश सरकारको” स्वीकृतिको लागि पेश गरी स्वीकृति प्राप्त भएपछि मात्र सो बमोजिम चन्दा उठाउन सकिनेछ ।
६. चन्दा रसीद
चन्दा ऐन, २०३०
यस ऐन बमोजिम चन्दा उठाउँदा देहाय बमोजिम चन्दा रसीद छपाई सो रसीदको आधारमा मात्र चन्दा उठाउनु पर्छ ।
(क) चन्दा रसीदमा सो छाप्ने छापाखानाको नाम र ठेगाना छापिएको हुनुपर्छ ।
(ख) चन्दा रसीदमा सिलसिलेवार नम्बर हुनुपर्छ ।
(ग) चन्दा किताबको प्रत्येक पृष्ठमा रहने रसीदका तीन प्रतिहरु अनिवार्य रुपमा छपाउनु पर्नेछ । ती तीन प्रतिहरु मध्ये एक प्रति चन्दा दातालाई, एक प्रति चन्दा संकलनकर्ता कहाँ र एक प्रति महालेखा परिक्षकको कार्यालयमा पठाउनु वा रहनु पर्छ ।
(घ) चन्दा संकलनको निमित्त छपाउने रसीदमा दताले दिने नगदी जिन्सी भन्ने शब्दहरु पनि छापाखानाबाट छापिएको हुनुपर्छ ।
(ङ) चन्दाको प्रत्येक रसीदमा समितिको कार्यालयको छाप र सदस्य सचिवको हस्ताक्षरको निस्सा लागेको हुनुपर्छ ।

मिसेलसँग सम्बन्धीत न्यूज

‘मिसेल काण्ड’ अख्तियारमा फाइल

लर्निङ हाउसको प्रतिक्रिया, हाम्रो प्रमाणसहितको समाचार

अमेरिकन नागरिक मिसेल बिरुद्ध पोखरामा उजुरी

मिसेलको अर्को काण्ड : ‘समाज सेवाको नाममा कमाउ धन्दा’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.