www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा चट्याङ लागेर एकजनाको मृत्यु

कास्की ।

पोखरामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२३, हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शनिबार राति साढे ११ बजेको समयमा ढुंगामाटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङको प्रहारबाट विक बेहोस भएका थिए ।

Batas

घटनालगत्तै अस्थायी प्रहरी पोष्ट बाम्दीबाट गएको प्रहरी टोलीले उनको उद्धार गरी मेट्रोसिटी अस्पताल पठाएको थियो । उनलाई अस्पतालले आज बिहान २ः२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.