www.tandavnews.com
Fact ~ In search of truth

‘वडा अध्यक्ष कि टोले गुण्डा ?’

पोखरा ।

वडा अध्यक्ष वडावासीका अभिभावक हुन् ।

वडामा सू शासन, विकास, जनताको घाउमा मल्हम बन्ने नेचर (प्रकृति) वडाध्यक्षको हुनुपर्ने हो । तर माछापुच्छ्रे गाउँपालिका वडा नं ८ का वडाध्यक्ष राम गुरुङमा त्यो नेचर देखिँदैन । उनका पछिल्ला गतिविधिले उनमा ‘टोले गुण्डा शैली’ सवार भएको भान हुन्छ ।

Batas

‘समृद्ध वडा’ नारा लिएर जनताबाट चुनिएका वडाध्यक्ष गुरुङको नारा परिमार्जित हुँदै अहिले ‘रिस उठ्यो कि मान्छे कुट्यो’ भएको छ । चुनावताका नमस्कारका लागि जोडिएका वडाध्यक्ष गुरुङका हात अहिले मुट्ठी हुँदै मुक्का बन्न थालेको छ ।

माछापुच्छ्रे ८ मै सञ्चालित पोखरा क्यान्योनिङका सञ्चालक समेत रहेका वडाध्यक्ष गुरुङले एक स्थानीयलाई कुटेका छन् । उनले वडा नम्बर ८ कै खोराको मुख उपल्लो इदी खोला माछापुच्छ्रे सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई कुटेका हुन् ।

यहि असार १७ गते आइतबार दिउसो उपभोक्ता समिति अध्यक्ष भण्डारी कुटिएका हुन् । निर्माणधिन बाटो ३ ४ दिनमा सकिने अवस्थामा रहँदा वडाध्यक्ष गुरुङले ‘काम किन नगरेको’ भन्दै कुटेको भण्डारीले बताएका छन् । यसबारे जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय कास्कीमा उनले निवेदन दिएका छन् । निवेदन बुझाएका भण्डारीले प्रहरीमा जाहेरी दिन खोज्दा प्रहरीले आनाकानी गरेको बताए ।

वडाध्यक्ष गुरुङले यसअघि पनि वडाका कर्मचारीलाई रक्ताम्य हुने गरि कुटेका थिए । उनले गत फागुनमा वडाका सब इञ्जिनियर लक्ष्मण जिसीमाथी मुक्का हानेका थिए । वडाध्यक्ष गुरुङलाई कारवाहीको माग राख्दै पालिकाका सम्पूर्ण कर्मचारीले पेन डाउनसम्म गरेका थिए । तर कारवाही भने भएन ।

‘यसअघि यहिँका ईञ्जिनियर कर्मचारी कुटे, अहिले फेरी उपभोक्ता समिति अध्यक्ष कुटे । यसअघि पनि कारवाही गरिएन । अहिले पनि गाउँपालिका अध्यक्ष मिलाउने हो भन्दै लाग्नुभएको छ ।’ वडाका एक स्थानियले ताण्डव न्यूजलाई भने,‘वडाध्यक्ष भएर टोले गुण्डा जस्तो व्यवहार गरेर हिँड्न त भएन नि ।’

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.