www.tandavnews.com
Fact ~ In search of truth

नेपाली कांग्रेस भ्रातृ संघ समन्वय विभाग गण्डकीको पहिलो बैठक सम्पन्न

पोखरा ।

नेपाली कांग्रेस भ्रातृ संघ समन्वय विभाग ,गण्डकी प्रदेशको पहिलो बैठक सम्पन्न भएको छ । विभाग गठनपछि पदभार ग्रहण लगत्तै पहिलो बैठक सम्पन्न भएको हो ।

पार्टी र भ्रातृ संस्थाहरु बिच समन्वय गर्ने र बिधानले तोके बमोजिम कांग्रेस भ्रातृ संस्थाहरुलाई परिचालन र नियमन गर्ने वैधानिक अधिकार रहेको विभागलाई शसक्त बनाउने निर्णय भएको छ।

Batas

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य अजित क्षेत्री अध्यक्ष रहेको उक्त विभागमा सदस्य सचिव सुबास पौडेल सहित २५ जना सदस्यहरु रहेका छन। उक्त बैठक पहिलो भएको र बैठकबाट चार वटा महत्वपूर्ण निर्णयहरु भएको सचीव पौडेलले जानकारी दिएका छन् ।

बैठकले भातृसंस्थाहरुको बर्तमान सागंठनिक स्थिति ,गतिविधि ,तथ्यांक नेपाली काङ्ग्रेसको जिल्ला कार्यसमितिहरु सँग समन्वय गर्दै संकलन गर्ने , नेपाली कांग्रेस गण्डकी प्रदेशसँगको समन्वयमा प्रदेश स्तरीय भातृसंस्था निर्माणका लागि सम्बन्धित संस्थाहरु सँग पहल गर्ने , भातृसंस्थाहरुलाइ बार्षिक कार्ययोजना र कार्यसम्पादन प्रतिवेदन माग गरि राम्रो कार्यसम्पादन हुने भातृ संस्थाहरुलाइ प्रोत्साहन गर्ने र क्रियाशिलहरुलाइ पुरस्कृत गर्न कार्यविधी बारे नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितीसँग छलफल र सुझाव लिने , गण्डकी प्रदेशबाट भातृसंस्थाको केन्द्रिय समितिमा मनोनीतहरुलाइ बधाई र जिम्मेवारी बोध गराउने कार्यक्रम गर्ने , कांग्रेसको अनलाइन साधारण सदस्यता अभियान सफल बनाउन भातृसंस्थाहरु परिचालन गर्ने लगायतका निर्णयहरु गरेको छ ।

बैठक नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यलयमा बसेको थियो ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.