www.tandavnews.com
Fact ~ In search of truth

एनआरएन बेल्जियमको अध्यक्षमा तिर्थराज धमलाको उम्मेदवारी

पोखरा ।

गैर आवासीय नेपाली संघ (एनआरएन), बेल्जियमको आगामी १६ तारिखमा निर्वाचन हुन लागेको छ । अधिवेशसनमा लामो समयदेखि सोही संस्थामा रहेर सक्रिय रुपमा लागि परेका तिर्थ धमला अध्यक्ष पदको (२०२३–०२५) उम्मेदवार दिएका छन् । यसअघि सदस्य, महासचिव र उपाध्यक्ष हुँदै संस्थाको हरेक गतिविधीमा संलग्न भइ काम गरेको उनको अनुभव छ ।

‘गैर आवासीय नेपाली नागरिकता हाम्रो आंशिक सफलता हो । हाम्रो दोहोरो नागरिकताको माग यथावत छ र यसको नेतृत्व नेपाली पासपोर्ट वाहकले गर्न सक्दैन भन्ने मेरो बुझाई हो,’ उनको भनाइ छ । नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न ‘नेपाली उत्पादन हाम्रो भान्सामा’ अभियानको सुरुवात गर्न उनको मुख्य प्रतिबद्धता रहेको छ ।

Batas

नेपाली कला संस्कृतिको स्थानीय समुदायमा प्रवद्र्धन गर्ने कार्यक्रमहरुको निरन्तरता दिनको लागि पनि धमलाले अध्यक्ष पदको लागि उम्मेदवार दिन लागेका हुन् । ‘संस्था भित्र हुने हरेक गतिविधी पारदर्शी हुनुपर्छ र हरेक आम्दानी र खर्चको विवरण डिजिटलाइज गरेर देखाउनु पर्छ भन्ने मेरो मान्यता छ,’ धमलाले भने, ‘सबै नेपाली संस्थाहरुसँग सहकार्य गर्दै युरोपका एनसीसीहरुको न्युनतम साझा कार्यक्रमहरुको पहलमा लाग्नेछु ।’

यसअघि भइरहेका हरेक कामहरुको निरन्तरता दिँदै नयाँ कामलाई परिमार्जित ढंगले थालनी गर्ने उनको योजना छ ।

 

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.