www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना न्यून

पोखरा/ताण्डव न्यूज ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउने सम्भावना न्यून बनेको छ ।

नयाँ सरकार गठन वा पुरानै सरकारको निरन्तरता भन्ने सवालमा निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका कारण सम्भावना कम हुँदै गएको हो ।

Batas

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टीले कारबाही गरी सांसदबाट हटाएसँगै संसद्को अंकगणित गुरुङको पक्षमा नदेखिने पक्का भएको छ । कुनै चमत्कारिक कार्य बाहेक लगभग मुख्यमन्त्रीले विश्वासको मत नपाउने स्थिति बनेको छ ।

संबैधानिक व्यवस्था अनुरुप ठूलो दलको नेताको हैसियतमा गत बैसाख २९ गते दोश्रोपटक गुरुङ गण्डकीको मुख्यमन्त्रीको सपथग्रहण गरेका थिए । अबको ९ दिनभित्र उनले विश्वासको मत लिनुपर्ने हुन्छ । तर संसद्मा बहुमत पु¥याउने संख्या परिवर्तन हुँदा विपक्षमा मत बढी खस्ने सहजै अनुमान गरिएको छ ।

प्रदेश सभामा एमालेका २७ सांसद छन्। कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), जनता समाजवादीका दुई र जनमोर्चाका दुई (थापालाई कारबाही पछि) र स्वतन्त्र एक सांसद छन्।

६० प्रदेश सभा सदस्यबाट १ सांसद घटेसँगै कुल सांसद संख्या ५९ पुगेको छ। अब विश्वासको मतका लागि गुरुङले ३० मत ल्याउनुपर्दछ । उनको पक्षमा एमालेका २७ र स्वतन्त्र एक सांसदको मात्रै मत आउने देखिन्छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.