www.tandavnews.com
Fact ~ In search of truth

पोखरा बिजयपुरमा बस दुर्घटनाः ७ घाईते

पोखरा ।

पोखरा महानगरपालिका –२६ विजयपुरमा बस दुर्घटना हुदाँ ७ जना घाइते भएका छन् ।

तालचोकबाट पोखरा तर्फ आउँदै गरेको ग १ ज ३९९१ नम्बरको माईक्रोले अगाडीको मोटरसाईकललाई जोगाउन अचानक ब्रेक लगाउँदा पछाडिबाट आईरहेको ना ६ ख ३५४० नम्बरको मिनिबस र त्यसको पछाडी रहेको ना ५ ख २१८० नम्बरको बस ठोक्किदाँ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

Batas

दुर्घटना परि रुपा गाउँपालिका –५ की १७ वर्षिया निकिता गुरुङ, पोखरा महानगरपालिका –३२ की ३० वर्षिय देवी भुजेल, अन्नपुर्ण गाउँपालिका –३ की ४० वर्षिया सञ्जु गिरी, पोखरा महानगरपालिका –१२ बस्ने ७५ वर्षिया मैया थापा, माछापुच्छ्रे गाउँपालिका –३ बस्ने ५० वर्षीय मन कुमारी राना, २५ वर्षिय मिना शाही र सोही ठाउँकी २७ वर्षिया रिना शाही घाईते भएका छन् ।

उनीहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.