www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा ६० प्रतिशत रोपाइँ

पाेखरा ।
पोखरा महानगरपालिकाभित्र ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । महानगर भित्रका सिँचाइ सुविधा उपलब्ध भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको र सिँचाइ सुविधा नभएका, पानीका मूल नफुटेका केही स्थानमा रोपाइँ हुन नसकेको महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए ।
Batas
पोखराको फेवातालको सिरान पामे, अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका खराने, सिसुवा, पटनेरी, गगनगौँडा, बेलबुटे, मालमूल, सुरौदीलगायतका स्थानमा रोपाइँ सकिएको छ । पर्याप्त पानी नपरेका कारण राम्रोसँग मूल नफुट्दा तारकाङ, कालिका, माझठाना, आँगेटारी, खुर्वादी, अम्टारी, हिलेपोखरीलगायत स्थानका टारी खेतमा अझै अपेक्षित रोपाइँ हुन नसकेको कृषक बताउँछन् ।
पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्र १० हजार किलो पोखरेली जेठोबूढो धानको बीउ कृषकलाई वितरण गरेको गरेको थियो । विभिन्न कृषक समूहबाट खरिद गरी ५० प्रतिशत अनुदानमा १० हजार किलो पोखरेली जेठोबूढो धानको बीउ वितरण गरिएको हो ।
रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.