www.tandavnews.com
Fact ~ In search of truth

दुर्लुङ जीप दुर्घटना : थप एकको मृत्यु

पर्वत ।

जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको जीप दुर्घटनामा थप एक बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

दुघर्टनामा परी सख्त घाइतेका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ती बालकको मृत्यु भएको पर्वत जिल्ला प्रहरी कार्यालयले जनाएकोे छ ।

Batas

यसअघि उक्त दुर्घटनामा परी सात वर्षीया बालिका शीतल विकको मृत्यु भएको थियो । दुर्घटनामा परी अन्य ११ घाइते भएका थिए । पर्वतको कुश्मा बजारदेखि दुर्लुङ जाँदै गरेको ग १ ज ५२२९ नम्बरको जीप गएराति दुर्लुङको गौडामुनी भन्ने स्थानमा दुर्घटना भएको थियो ।

घाइतेमध्ये सात जनालाई पर्वतबाट उपचारका लागि पोखरा पठाइएकोे थियो । बाँकी घाइतेको भने पर्वत अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी घाइते भएकामध्ये शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेको छ ।

उनीहरुको पर्वत अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये कृष्णप्रसाद पाध्या, हिरादेवी मगर, मीनबहादुर क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भबदत्त शर्माको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यात्रुबहाक जीपको टायर फुस्केर ब्रेक फेल हुँदा गाडी दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.