www.tandavnews.com
Fact ~ In search of truth

फैलदो डेंगु संक्रमण : गण्डकीमा २६४ जनामा संक्रमण

पोखरा
ताण्डव न्युज ।

वर्षायामसँगै डेंगुको संक्रमण बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमणको ‘पीक सिजन’ साउनदेखि कात्तिकसम्म रहने चिकित्सिकहरु बताउँछन् । तर, यो वर्ष मनसुन भएसँगै डेंगुको संक्रमितहरु देखिन थालेका छन् ।

गण्डकी प्रदेशको स्वास्थ्य आपत्तकालिन कार्यसञ्चालन केन्द्रका संयोजक एवम् प्रवक्ता डा. नारायण श्रेष्ठले डेंगुको संक्रमण सुरु भइसकेको बताए । उनका अनुसार गण्डकी प्रदेशमा बैशाखयता २६४ जनामा डेंगुको संक्रमण देखिएको छ । प्रदेशभर सबैभन्दा बढी कास्कीमा १९२ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने, म्याग्दीमा २३, लमजुङमा २२, तनहुँमा ११, नवलपुरमा ८, गोर्खामा ५, स्याङ्जा, पर्वत, बागलुङ, पर्वतमा १–१ जनामा संक्रमण देखिएको उनले जानकारी दिए । उनका अनुसार तनहुँमा केही दिन अघि डेंगुको संक्रमणबाट एक जनाले ज्यान गुमाइसकेका छन् ।

Batas

नेपालमा सन् २००४ मा पहिलो पटक डेंगु पुष्टि भएको थियो । २०१९ मा डेंगुका सबैभन्दा धेरै केस पुष्टि भएपछि यसले प्रकोपको रुपमा लिइएको थियो । उक्त वर्ष गण्डकी प्रदेशमा पनि डेंगुको प्रकोप उच्च रहेको श्रेष्ठले बताए । ‘त्यसबेला कास्कीमा बढी संख्यामा डेंगुका बिरामी फेला परेका थिए । डेंगु फैलिँदा यहाँ व्यापक रुपमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाइएको थियो । लामखुट्टेको टोकाइबाट सर्ने यो रोग नियन्त्रण गर्न लामखुट्टे मार्ने अभियान नै चलाइएको थियो,’ उनले भने ।

उनका अनुसार डेंगु लागेपछि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ । त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको हुन्छ ।

‘यसलाई सामान्य रुपमा लिनुहुँदैन् । ज्वरो आयो भन्दैमा बुफ्रीन खाने बानी छ । त्यसो गर्नुहुँदैन् । डाक्टरको सल्लाह लिएर औषधी खाने बानी बसालौं,’ उनले सुझाव दिए । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु एक प्रकारको भाइरस भएकोले फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी सचेत रहन उनले आग्रह गरे ।

चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगु सर्छ । यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ । यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ । त्यस्तै यो लामखुट्टे फैलनाका लागि ह्युमिडिटि (सापेक्षित आद्रता) ६० प्रतिशत आवश्यक पर्छ । ६० प्रतिशत ह्युमिडिटि भनेको वायुमण्डलमा हुने पानीको मात्रा बुझिन्छ । ६० प्रतिशत ह्युमिडिटिले यो लामखुट्टे फैलाउन सघाउने चिकित्सकले बताउने गरेका छन् ।

 

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.