www.tandavnews.com
Fact ~ In search of truth

विदेश भ्रमणमा जाने नेपालीलाई यस्तो छ डलर सटही सुविधा

काठमाडौँ ।

विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन्  । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको एकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो ।
Batas
भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी वापत प्रतिपटक अधिकतम अमेरिकी डलर दुई हजार पाँच सय बराबरको सटही सुविधा प्राप्त गर्नेछन् । त्यस्तो सटही सुविधा एक वर्षमा दुई पटकमा नबढ्ने गरी मात्र प्रदान गरिने उल्लेख छ ।
एकीकृत निर्देशन जारी भएको मितिभन्दा अगावै त्यस्तो सुविधा लिएकाले पनि चालु आवमा थप दुई पटक त्यस्तो सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम दुई सय अमेरिकी डलर बराबरको सटही सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको छ ।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.