www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरको फोहर दमकल शाखा परिसरमै पुरियो

पोखरा ।
स्थानीयवासीको अवरोधसँगै एक सातायता पोखराको फोहर व्यवस्थापन गर्न नसकिएपछि यहाँको दमकल शाखा परिसरमै पुरिएको छ । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिलसाइटमा फोहर पुर्याउन नसकिएपछि दमकल शाखा परिसरमै पुरिएको हो ।
Batas
फोहर नउठेका कारण बजार क्षेत्र दुर्गन्धित बन्दै जान थालेपछि उक्त फोहर उठाएर महानगरपालिकाको दमकल शाखामा ल्याइएको थियो । बजारमा रहेको फोहरको तत्कालीन व्यवस्थापनका लागि दमकल शाखामा ल्याइएकामध्ये १५ ट्रक फोहर त्यहीँ परिसरमा खाडल खनेर गाडिएको सरसफाइ शाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् । फोहर व्यवस्थापन सम्बन्धमा स्थानीयवासीसँग छलफल भइरहेको र समस्या समाधान भएसँगै त्यो फोहर पुनः ल्यान्डफिलसाइटमा नै लगिने उनले बताइन्।
पोखराका मुख्य बजार क्षेत्र न्युरोड, नयाँबजार, पृथ्वीचोकलगायत स्थानका फोहर उठाएर गाडीमा राखी दमकल शाखा परिसरमा लगिएको जानकारी दिँदै उनले फोहर लैजाने व्यवस्था भइनसकेका अवस्थासम्म घरघरमा नै त्यसलाई राख्नका लागि महानगरले सार्वजनिक सूचना गरेको बताइन् ।
पोखरा बजार क्षेत्रमा दैनिक करिब ८० ट्रक फोहर उठ्ने गरेको बरालले जानकारी दिइन् । महानगरपालिकाले विगत छ महिनायता वडा नं ३२ लामेआहालमा अस्थायी ल्यान्डफिलसाइट तयार गरी फोहर व्यवस्थापन गरिँदै आइएको छ । यसअघि वडा नं १४ स्थित बाच्छेबुडुवामा फोहर फलिँदै आइएकोमा नयाँ पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउन थालेसँगै अस्थायी ल्यान्डफिलसाइट तयार गरिएको हो ।
अस्थायी ल्यान्डफिलसाइटका लागि लामेआहालका स्थानीयवासीसँग महानगरपालिकाले १६ बुँदे सहमति गरेकोमा त्यसलाई लागू नगरेको र छ महिनापछि अन्यत्र व्यवस्थापन गर्ने भनिए पनि त्यो नभएको भन्दै स्थानीयवासीले फोहर फाल्न रोक लगाउँदै आएका छन् ।
रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.