www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीको लुलाङ ४ महिनादेखि सोलार र टुकीको भरमा

गलेश्वर

म्याग्दीको लुलाङ गाउँ चार महिनादेखि अन्धकारमय बनेको छ । पहिरोले बगाएको लघुजलविद्युत् परियोजनाको संरचना मर्मत नहुँदा धवलागिरी गाउँपालिका–२, लुलाङ गाउँका बासिन्दा चार महिनादेखि सोलार र टुकीका भरमा छन् ।

गत भदौ २० गते बाढीले बगाएको लघुजलविद्युत् परियोजना हालसम्म मर्मत हुन सकेको छैन । वडावासीले अन्धकारमा दैनिकी कटाउन बाध्य छन् । लमसुङ्गस्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना बाढीले बगाएको थियो । बाढीले विद्युत्गृह, कुलो र पोल बगाएको थियो । संरचना पुनःनिर्माण नहुँदा स्थानीयवासी सोलार र टुकीको घरमा छन् ।

Batas

बाढीले विद्युत्गृहसँगै चार पोल र मुहानको बाँध तथा कुलो बगाएको लघुजलविद्युत् परियोजनाका सचिव लालबहादुर खड्काथोकीले बताए । बाढीले विद्युत्गृहका जेनेरेटरलगायत उपकरण बगाएको छ । विद्युत् आपूर्ति बन्द हुँदा वडा नं २ का खोरिया, लुलाङ, लमसुङ्गलगायतका ३५४ परिवार प्रभावित भएका छन् । विद्यार्थीलाई पठनपाठनमा समस्या भएको छ । विसं २०७३ मा पहिराले जुगेपानीस्थित २५ किलोवाट क्षमताको विद्युत्गृह बगाएपछि सोही परियोजनालाई २०७५ सालमा मरेनीको फेदीमा स्थानान्तरण गरिएको हो ।

गाउँपालिकाको रु ५० लाख र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८६ लाख तथा स्थानीयवासीको श्रमदानमा उक्त परियोजना निर्माण गरिएको हो । बाढीले रु एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ । परियोजना पुनःनिर्माणका लागि गाउँपालिकाले रु १० लाख र प्रदेश सरकार निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमले रु १० लाख विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । २ महिनाभित्र बिजुली बाल्ने प्रयास भइरहेको उनको भनाइ छ ।

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.