www.tandavnews.com
Fact ~ In search of truth

महानगर स्तरीय हाजिरीजवाफ प्रतियोगिता जेठ २४ र २५ गते

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ महानगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरु बीच हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।

पूर्व विद्यार्थी मञ्च, नव प्रभात माध्यमिक विद्यालय नयाँबजारको आयोजनामा यही जेठ २४ र २५ गते कार्यक्रम हुने भएको हो ।

Batas

नवप्रभात माविमा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुको साझा मञ्चले सामुदायिक विद्यालय र विद्यार्थी बीच सकारात्मक भातृत्वको भावना बृद्धि गर्ने लक्ष्य सहित कार्यक्रमको आयोजना गर्न लागेको जनाएको छ ।

कार्यक्रममा झण्डैं ५० भन्दा बढी सामुदायिक विद्यालयहरुको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा मञ्चका उपाध्यक्ष एवं कार्यक्रम संयोजक दिपेन्द्र मर्सानीले जनाए ।

प्रतियोगिहरु मध्येबाट प्रथम स्थान प्राप्त गर्नेलाई ५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र, द्वितीय स्थान प्राप्त गर्नेलाई ३ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र । त्यस्तैगरी तृतिय स्थान प्राप्त गर्नेलाई १ हजार ५ सय नगद, ट्रफि, मेडल र प्रमाणपत्र । साथै, सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगिलाई १ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागि सम्पूर्ण सबैलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिने भएको छ ।

०७४ मा जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भई नवप्रभाव विद्यालयलाई संरक्षकत्व प्रदान गर्न विद्यार्थी मञ्चले भूमिका खेल्ने मञ्च की अध्यक्ष प्रिति पाण्डेले बताईन् ।

सामुदायिक विद्यालयको स्थिती खस्कदैँ गएको हुनाले पूर्व विद्यार्थीको हैसियतले आफू पढेको विद्यालयमा केही रचनात्मक क्रियाकलापहरु निरन्तर गरी विद्यार्थी आर्कषित गर्न मञ्च लागि रहने उपाध्यक्ष मर्सानीले बताए ।

भौतिक व्यवस्थापकीय पक्षले सामूदायिक विद्यालय सक्षम रहँदा पनि नतिजागत रुपमा क्षमतावान् हुन नसक्दा सामुदायिक विद्यालय प्रति अभिभावक विश्वस्त हुन सकेका छैनन् ।

परिणाममूखी हुने गरी सामुदायिक विद्यालयलाई आजैबाट उकास्न लाग्न सबै सरोकारवालाले गम्भीर भएर लाग्नुपर्ने पूर्व विद्यार्थी शान्ति राणाले औल्याइन् । हालसम्म २२ वटा सामुदायिक विद्यालयले सहभागितको लागि नाम दर्ता गरिसकेको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमलाई पोखरा लेखनाथ महानगरपालिका सहित अन्य सामाजिक संघ संस्थाहरुले सहयोग गर्ने भएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.