www.tandavnews.com
Fact ~ In search of truth

सुजुकी जिम्नी र फ्रोन्क्स पोखरामा सार्वजनिक, मूल्य कति ?

पोखरा ।

नेपालमा लामो समय देखि प्रतिक्षारत सुजुकीका दुई नयाँ एसयुभीहरु सुजुकी जिम्नी र फ्रोन्क्स सार्वजनिक गरिएको छ ।  एक कार्यक्रमकाबिच सुजुकी ब्राण्डको चार पाङ्ग्रेसवारी साधनको गण्डकी धौलागिरीको आधिकारिक वितरक बतास आदर्श प्रा.लिमा सार्वजनिक गरिएको हो ।

बतास प्रदर्श प्रा.लि का प्रमुख संचालन अधिकृत (सिओओ) राजेश रानाभाटले अनावरण गरि दुवै सफारीका मूल्य पनि सार्वजनिक गरिएको छ ।

Batas

५–ढोके सुजुकी जिम्नी नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमै सबैभन्दा प्रतिक्षित एसयूभी मध्ये एक हो । यो मोडल विश्वभर नै निकै रुचाइएको छ र सोहि अनुरुप माग पनि रहेको छ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो । जुन हेभी ड्यूटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ। यसमा पर्याप्त बडी एंगल र ग्राउण्ड क्लियरेन्सका साथ डिजाइन गरिएको छ । यो एसयूभीमा फोर डब्लुडी प्रणली, अल ग्रिप प्रोसँग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफ्रेन्सियल र थ्रि लिंक रिजिड एक्सल सस्पेन्सन जस्तो अफरोड सुविधाहरु समावेश छ ।

अफ–रोड बाटोको नागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीमा २२.८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू छन् ।

जिम्नीका २ भेरियन्ट जेटा र अल्फा छन् । जेटाको मूल्य ५९ लाख ९९ हजार तोकिएको छ भने अल्फाको मूल्य ६४ लाख ४९ हजार राखिएको छ ।

त्यसैगरि सुजुकी फ्रोन्क्स नयाँ जेनेरेसनको स्टाइल र प्रिमियम मिश्रीत एसयूभी हो । द फेस अफ न्यु एसयूभी भनिएको सुजुकी फ्रोन्क्स आकर्षक र स्पोर्टी देखिन्छ । कम्पनीले यसमा प्रिमियम डिजाइन, फिचर्सहरु समावेश गरेको छ । फ्रोन्क्स ३ भेरियन्टमा उपलब्ध हुनेछ । जसमध्ये सिग्माको मूल्य ३९ लाख ९९ हजार, डेल्टाको मूल्य ४१ लाख ९९ हजार र डेल्टा प्लसको मूल्य ४२ लाख ९९ हजार राखिएको छ ।

निकै प्रतिस्पर्धी मानिएका यी दुई सवारीले सुजुकीको एसयुभी सेगमेन्टको उपस्थितिलाई अझै मजबुत बनाउने विश्वास कम्पनीले लिएको छ । बतास बदर्श प्रा.लिका प्रमुख संचालन अधिकृत (सिओओ) राजेश रानाभाट र सुजुकीका सेल्स मेनेजर नवराज अधिकारीले देशमा रहेको फरक भौगोलिक अवस्था तथा त्यसमा अनुभव गर्न सकिने फरक ड्राइभिङ परिवेश तथा अवस्थीतिका कारण पछिलो समयमा नेपाली बजारमा एसयूभी सवारीको माग उच्च रहेको र ग्राहकवर्गले पनि आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, नयाँ नयाँ अटो मोबाइल प्रविधियुक्त सवारी नै रोज्ने गरेको बताए ।

इच्छुकलाई दुवै सवारीको टेस्ट ड्राइभको पनि व्यवस्था गरिएको छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.