www.tandavnews.com
Fact ~ In search of truth

तीन पार्टीको बार्गेनिङले संसद बन्धक : रास्वपा उपसभापति अर्याल

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी)अर्यालले तीन पार्टीको बार्गेनिङले संसद बन्धक भएको बताएका छन् । आज (शुक्रबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा अर्यालले यस्तो बताएका हुन् ।

‘तीन पार्टीको बार्गेनिङले संसद बन्धक भएको छ । उनीहरुको आन्तरिक कुरा थाहा भएन सदन अवरोध हुन भएन्,’ उनले भने । एउटा पार्टीको मागले संसद निरन्तर अवरोध गर्नुभन्दा समाधानको विकल्प संसदबाटै खोजिनुपर्ने उनको भनाई थियो ।

Batas

जनताका माग राख्दा पूरा नभए संसद अवरोध गर्नु ठीक भए पनि भित्रि व्यक्तिगत स्वार्थ पूरा गर्न एमालेले अवरोध गरेको उनले आरोप लगाए । ‘रास्वपाले सदन अवरोध गर्दैन भन्ने होइन । सदन अवरुद्ध त्यतिबेला गर्छ जतिबेला जनताका एजेन्डा हुन्छ,’ उनले भने ।

यसअघि प्रधानमन्त्रीले रास्वपालाई दुईवटा समिति दिन बाचा गरेकोमा अहिले ठूला भनिएका दलले मिलेमतो गरेको अर्यालको भनाइ थियो ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.