www.tandavnews.com
Fact ~ In search of truth

सदनदेखि सडक पूर्वाधारसम्मः सांसद भिम कार्कीको एक वर्ष

पोखरा ।

गण्डकी प्रदेशका सांसद भिम कार्कीले एक वर्षमा आफ्नो पहलमा भएका कार्यहरु सार्वजनिक गरेका छन् । कास्की क्षेत्र नं २(१)बाट निर्वाचित सांसद कार्कीले निर्वाचित भएको एक वर्षमा भए गरेका कार्यहरु आज पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।

नेकपा एमालेबाट निर्वाचित सांसद कार्कीले जनभावना अनुसार नै अघि बढिरहेको पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने ‘एक वर्षमा संसददेखि निर्वाचन क्षेत्रमै रहेर जनताकै निम्ती कार्य गरेँ भन्ने लाग्छ । जनताले जुन अपेक्षा र विश्वास राखेर मलाई निर्वाचित गर्नुभयो, सोही जनभावनालाई शिरोपर गर्दै अघि बढिरहेको छु । आगामी दिनहरुमा पनि जनताको आवश्यकता अनुसार नै अघि बढ्नेछु ।’

Batas

निर्वाचित भएर प्रदेश सभामा गइसकेपछि सभाको शून्य र विशेष अथवा नियमित बैठकहरुमा कास्की २(१)का जनताहरुको समस्या राख्ने गरेको उनले बताए । प्रदेश सभा नियमावली मस्यौदा समिति सदस्य समेत रहेका सांसद कार्कीले मस्यौदामाथीको छलफलमा अर्थपूर्ण सहभागिता रहेको बताउँदै यस अवधिमा सम्पन्न सभाका सबै बैठकहरुमा आफ्नो उपस्थिती रहेको जनाए ।

प्रदेश सभा सदस्यको मूलतः कार्य नीति निर्माण गर्ने नै भएपनि निर्वाचित क्षेत्रका जनताहरुले गर्ने विकास र समृद्धिको अपेक्षालाई नजरअन्दाज गर्न नसकिने उनको भनाई छ । ‘ मूलतः प्रदेश सभाको काम भनेको नीति निर्माण अर्थात ऐन कानुन बनाउने नै हो । तर त्यसो भन्दैमा जनताको विकास र समृद्धिप्रतिको अपेक्षालाई नजर अन्दाज गर्न सकिन्न मात्रै होइन गर्नुहुँदैन भन्ने मान्यता म राख्दछु । सार्वभौम जनताले आफ्नो अधिकारको प्रयोग हामी जनप्रतिनिधिमार्फत गर्ने हुँदा त्यही मर्मलाई ख्याल गरी आफ्नो भूमिकामा कटिबद्ध छु’ उनले भने ।

सांसद कार्कीद्धारा सार्वजनिक निर्वाचित क्षेत्र कास्की २(१)मा आर्थिक वर्ष ०७९/८०मा भएका कार्यहरु यसप्रकार छन् :

 

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.