www.tandavnews.com
Fact ~ In search of truth

गायकद्धय सुवेदी र दाहाल भन्छन्, ‘राष्ट्रियता साट्दैनौं हामी’

पोखरा,
ताण्डव न्यूज

गायकद्धय तारापती सुवेदी र जीवन दाहालले राष्ट्रिय गीत ‘राष्ट्रियता साट्दैनौं हामी’ बजारमा ल्याएका छन् । गीतमा राष्ट्रिय भाव झल्कने शब्दहरु समावेश गरिएको छ ।

गीतमा भनिएको छ ;
‘राष्ट्रियता साट्दैनौं हामी…
विदेशीको तेल सित नुन सित,
देश राम्रो नेपाल हाम्रो नेपाल…।’

Batas

शिव सुवेदीको शब्द संकलनमा तयार भएको गीतलाई तारापती सुवेदीले लय सिर्जना गरेका छन् । सुवेदी र दाहाललाई सुमधुर स्वरकी धनी टिका पुनले स्वरमा साथ दिएकी छन् ।

देशका विभिन्न भूभागलाई दृश्यमा कैद गरिएको गीतको भिडियोलाइ साई भिजन प्रालिले बजार व्यवस्थापन गरेको छ ।

साइभिजनकै आधिकारिक युटुव च्यानलबाट सार्वजानिक गरिएको भिडियोलाई धेरैले रुचाइएका छन् । गीतले देशभक्तिको भावना झल्काएको हुनाले दर्शकश्रोताले मन पराउनेमा ढुक्क रहेकाे गायक जीवन दाहाल बताउँछन् ।

‘हाम्रा अन्य सिर्जना जस्तै देशभक्ति गीतलाई पनि मन पराउनुहुनेछ भन्ने अपेक्षा लिएका छौं,’ उनले सुनाए ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.