www.tandavnews.com
Fact ~ In search of truth

२१ दशमलव दुई प्रतिशतले बढ्यो ‘रेमिट्यान्स ’

काठमाडौँ ।
गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह रु १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव दुई प्रतिशतले बढेको हो  । अघिल्लो वर्ष विप्रेषण आप्रवाह चार दशमलव आठ  प्रतिशतले बढेको थियो ।
Batas
केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह दुई दशमलव दुई प्रतिशतले बढेको थियो ।
त्यस्तै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४० दशमलव तीन प्रतिशतले बढेर चार लाख ९७ हजार सात सय चार पुगेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या तीन सय ९२ प्रतिशतले बढेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा वर्षमा एक दशमलव आठ प्रतिशतले कमी आई दुई लाख ७७ हजार दुई सय ७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या एक सय ९८ दशमलव पाँच प्रतिशतले बढेको थियो ।
रासस

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.