www.tandavnews.com
Fact ~ In search of truth

पोखरा मनिपालमा छारे रोग सम्बन्धी गोष्ठी तथा शिविर सम्पन्न

पोखरा ।

पोखराको न्युरो फाउण्डेसन नेपाल र छारे रोग केन्द्र, हिरोशिमा विश्वविद्यालय अस्पताल, जापानको संयुक्त सहकार्यमा पोखरामा छारे रोग सम्बन्धी गोष्ठी तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

न्युरो फाउण्डेसन नेपालका अध्यक्ष तथा वरिष्ठ न्युरो सर्जन डा वसन्त पन्त , हिरोशिमा विश्वविध्यालयका छारे रोग केन्द्रका प्रमुख प्रा डा कोजी ईदा लगायतका स्नायु रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, लगायतका १० चिकित्सकको टोलिले पोखरामा मनिपाल शिक्षण अस्पतालको न्युरो सर्जरी विभागसँग समन्वय गरी सो कार्यक्रम सन्चालन गरेको हो ।

Batas

श्रावण २७ गते भएको छारे रोग सम्बन्धी गोष्ठिमा स्नायु रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ, वाल रोग विशेषज्ञ, इन्टर्नल मेडिसिन विशेषज्ञ लगायतका ७० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
गोष्ठिमा प्रा डा बालगोपाल कर्माचार्य, प्रा डा बसन्त पन्त, प्रा डा कोजी ईदा, ईईजी टेक्निसियन युकोरी तोयोटाले छारे रोगको विभिन्न उपचारको पद्धती र आफ्नो अनुभवको बारेमा प्रस्तुती राखेका थिए ।

मनिपाल शिक्षण अस्पतालमा गरिएको स्वास्थ्य शिविरमा १८ जना जटिल छारे रोगका बिरामीले सेवा लिएका थिए । जस मध्ये ८ जनाको शिविर मै इईजि परिक्षण गरिएको थियो । जटिल मध्ये केही बिरामिलाई अत्याधुनिक प्रविधीको स्टेरोट्यक्टिक ईईजी द्वारा रोगको मुल पहिचान र उपचार गर्न अन्नपुर्ण न्युरो अस्पतालसँग समन्वय गरीएको जनाइएको छ ।

कार्यक्रममा जाइका, मनिपाल शिक्षण अस्पताल , अन्नपुर्ण न्युरो अस्पताल र नेपाल इपिलेप्सी समाजको पनि प्राविधिक सहयोग रहेको थियो ।

निकट भविष्यमा चितवन जिल्लामा पनि आयोजना मार्फत यस्तै कार्यक्रम गरिने योजना रहेको जनाइएको छ ।

कार्यक्रमले जटिल छारे रोगी साथै छारे रोग सम्बन्धी विरामी हेर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी पनि लाभन्वित हुने साथै छारे रोगको समय मै पहिचान र उपचार हुने कार्यक्रमका संयोजक एबं न्युरो फाउन्डेसन नेपालका जनस्वास्थ्य निर्देशक डा शरद हरी गजुरेलले जानकारी दिए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.