www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगर : सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट

गण्डकी ।

पोखरा महानगरपालिका सार्वजनिक लेखा समितिका सदस्यको जिम्मेवारी बाँडफाँट गरिएको छ ।

लेखा समितिका कामलाई प्रभावकारी बनाउन समितिको बैठकले जिम्मेवारी बाँडफाँट गरेको संयोजक झपट रानाभाटले जानकारी दिए । उनका अनुसार महानगरको बेरुजुको अभिलेख राख्ने र फछ्र्योटका लागि ताकेता गर्न पहल गर्ने एवं बेरुजु न्यूनीकरण गर्न लेखा समिति सदस्य बलराम पौडेलको संयोजकत्वमा विष्णुमणि बराल र रामजी पौडेल सदस्य रहेकाे समिति गठन गरिएको छ ।

Batas

लेखा अनुगमन, मितव्ययिता एवं पारर्दशिता वृद्धि गर्न आवश्यक पहल गर्न सदस्य बरालको संयोजकत्वमा पौडेल सदस्य रहेकाे समिति बनाइएको छ । राजस्व, सुशासन वृद्धि एवं सम्पत्तिको संरक्षणमा आवश्यक सहजीकरण गर्न रामजी पौडेलको संयोजकत्वमा विष्णुमणि बराल सदस्य रहेको समिति बनाइएको छ भने शिक्षा, सामाजिक, स्वास्थ्य, कृषि, पशु आर्थिक विकासतर्फको बजेट व्यवस्थापन, खर्च एवं लेखाको अनुगमन र सहजीकरण गर्न दुर्गादेवी थापा केसीको संयोजकत्वमा बलराम पौडेल सदस्य रहेकाे समिति बनाइएको छ ।

भौतिक पूर्वाधार, घर नक्सा, एवं मापदण्ड, पर्यटन र वातावरणतर्फको आवश्यक अध्ययन गर्न बलराम पौडेलको संयोजकत्वमा दुर्गादेवी थापा केसी सदस्य रहेको समिति गठन गरिएको छ ।

रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.