www.tandavnews.com
Fact ~ In search of truth

कवितामा नअटेका कुरा उपन्यासमा

सन्तोष सुवेदी
पोखरा, माघ २९

‘फुटकर कवितामा सबै कुराहरु प्रयाप्त हुँदैनन् । केही कुरा कविताले भन्न नसक्ने हुँदा अर्को विधा रोज्न बाध्य भएँ,’ कविबाट आख्यानकारका भएका विप्लप प्रतीकले पोखरेली पाठकमाझ भने, ‘कविता जानी नजानी लेख्ने गर्थे । उपन्यासमा देखेका, भोगेका कुरालाई उतारेको छु ।’ प्रतीकको पहिलो उपन्यास ‘अविजित’ माथि ¥यान्डम रिडर्स सोसाइटीले शनिबार पाठकमाझ छलफल चलाइएको थियो ।

उनले कवितामा नअटेका कुरालाई कथा बनाउनुपर्छ भन्ने लागेर नै लेख्न सुरु गरेको सुनाए । ‘लेख्दा लेख्दै उपन्यासको फर्म बन्न पुग्यो,’ उनले भने, ‘उपन्यासमा त्यस्तो पृथक केही छैन् । जीवन दर्शन के हो त्यही उतारेको छु ।’

Batas

उनले बुवालाई समर्पित गरेर लेख्दा उपन्यास तयार भएको बताए । पुस्तकले इतिहासको एउटा कालखण्डलाई चित्रित गरेको उनी बताउँछन् । ‘उपन्यासका मूल पात्र ‘अविजित’ ले काठमाडौंकै कथा भन्छन्,’ उनले भने, ‘काठमाडौंका स–साना गल्लीका रेस्टुराँ, देशमा भएका राजनीतिक आन्दोलन तथा परिवर्तनको कथा यो उपन्यासमा समेटिएको छ ।’ उनले पुस्तकप्रति ओपिनियन भन्दा पनि रिभ्यू गर्ने बानी बसाल्नुपर्ने सुझाए ।

पाठकमाझ उनले १९७९ मा पहिलो पटक पोखरा आएको स्मरण समेत गरे । ‘त्यसबेला तालबाराही मन्दिर हिँडेरै जान मिल्थ्यो,’ उनले थपे, ‘हरेक पटक पोखरा आउँदा नयाँ –नयाँ कुरा पाउने गर्छु । यो पोखराले मलाई लगाएको गुन हो ।’ काठमाडौंलाई एकदमै प्रेम गर्ने प्रतीक बसाईसराई गर्नुप¥यो भने पोखरा आउने खुलाए ।

समीक्षक राजकुमार बानियाले पहिलो पेजदेखि अन्तिम पेजसम्म उपन्यासको पात्र ‘अविजित’ लाई बढी हावी हुँदा अन्यलाई न्याय नभएको औल्याए । ‘उपन्यासभरी एकसरो वर्णन गरिएको छ,’ उनले भने, ‘अविजित पात्रको जिन्दगीको छाया चित्रण गरिएको छ ।’ उपन्यासमा राजनीतिक, सामाजिक, बौद्धिक क्षेत्रमा पनि इंकित गरिएको उनले प्रस्टाए ।

‘उपन्यासको बलियो पक्ष भनेको भाषा हो । नेवारी, मैथली, उर्जु सबै भाषाको प्रयोग गरिएको छ,’ उनले थपे ।

यसअघि कवि प्रतीकका नहारेको मान्छे (कविता संग्रह), केही फुटकर कविता, फ्रेन्च तथा रूसी भाषाका कविताहरू प्रकाशित छन् । उपन्यसालाई बुक–हिल पब्लिकेसनले बजारमा ल्याएको हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.