www.tandavnews.com
Fact ~ In search of truth

मनिपाल शिक्षण अस्पताल र पोखरा वृद्धाश्रमबिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना‘ सम्झौता

पाेखरा ।

मनिपाल शिक्षण अस्पताल र पोखरा वृद्धाश्रम ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना‘मा सहमति भएको छ । अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र पोखरा वृद्धाश्रम बिच सहमति भएको हो ।

पोखरा वृद्धाश्रममा रहेका सम्पूर्णले मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने छन्।

Batas

मनिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनील ओडुविल र पोखरा वृद्धाश्रम का अध्यक्ष कुसुम केशव पराजुली बीच भएको सहमाती अनुसार पोखरा वृद्धाश्रमका कर्मचारी तथा वृद्धाश्रमका सदस्यहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन।

त्यस्तै पोखरा वृद्धाश्रमका सदस्यहरुले मणिपालको साधारण बेडमा २५ प्रतिशत, निःशुल्क डाक्टरी परामर्श,साधारण एमआरआइ र सिटी स्क्यानमा १० प्रतिशत छुट पाउने छन् । ‘न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छुट दिइनेछ,’सम्झौतापत्रमा भनिएको छ,‘नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था छ।’

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.