www.tandavnews.com
Fact ~ In search of truth

स्वचालित पेशी तारिख न्यायिक सुशासनको सुरुआत हो : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेशी तारिख न्यायिक सुशासनको सुरुआत भएको बताएका छन् ।

सर्वोच्च अदालतमा आजदेखि स्वचालित पेशी तारिख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्दै उनले उक्त प्रविधिबाट पेशी तारिख तोक्दा न्याय व्यवस्थापनमा सहज र न्यायिक सुशासन कायम हुने बताए ।

Batas

“यो प्रणालीले कर्मचारी र सेवाग्राहीलाई पनि निश्चितता हुने वातावरणको सिर्जना भएको छ”, उनले भने, “एउटा सुधारको प्रक्रियामा अगाडि बढेको छ, यो पेशी व्यवस्थापन कडी हो ।”

प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारीले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्न यस प्रणालीबाट सहज हुने विश्वास व्यक्त गरे।

उनले उक्त प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले बनाएको र यो सर्वोच्च अदालतमा सफल भएमा अन्य ठूला मुद्दा भएका अदालतमा पनि लागू गर्न सकिने बताए ।

रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.