www.tandavnews.com
Fact ~ In search of truth

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु

रामपुर (पाल्पा) ।

पाल्पाको रिब्दिकोट गाउँपालिका–२ जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ ।

गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु१ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।

Batas

दुर्घटनामा ६ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.