www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीःबढ्दै संक्रमित, पछिल्लो २४ घण्टामा ७१० संक्रमित थपिए

कास्कीका ५ सहित ८ संक्रमितको ज्यान गयो

पोखरा /ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप ८ संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार कास्कीका ५ , तनहुँ, स्याङ्जा र बागलुङका १/१ जना गरि ८ संक्रमितको मृत्यु भएको हो । यो सँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०६२ पुगेको छ ।

Batas

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ७१० संक्रमित थपिएका छन् । पछिल्लो दुई दिन अर्थात हिजो र आज संक्रमितको संख्यामा वृद्धि आएको तथ्यांकले देखाएको छ ।

संक्रमित हुनेमा कास्कीका ३०४ जना,म्याग्दीका ६, पर्वतका ४३गोरखाका १९, लमजुङका २७,तनहुँका ७९, बागलुङका ३५, स्याङ्जाका ६० र नवलपरासीका १३७ जना रहेका छन् ।

३६३ महिला र ३४७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमित हुनेको संख्या ६५ हजार १ सय ५ पुगेको छ ।
यस्तै सोही समयमा प्रदेशमा ३७४ जना सन्चो भएका छन् । आज सन्चो भएकासँगै हालसम्म ६० हजार ६३४ जनाले कोरोना जितेका छन् ।

हाल प्रदेशमा ३ हजार ४०९ सक्रिय संक्रमित छन् । जसमध्ये ३ हजार ११० जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.