www.tandavnews.com
Fact ~ In search of truth

भारी वर्षाको सम्भावना

काठमाडौँ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्यप्रदेश र आसपासका क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Batas
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आगामी तीन दिन देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर सामान्य बदली रही कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मयम वर्षा भइरहेको छ ।
दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ । मधेस प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
रातिको समयमा पनि बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।
     भोलि आइतबार पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।
रासस
–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.