www.tandavnews.com
Fact ~ In search of truth

चोलेन्द्रको प्रश्न :सरकार, घर केले छाउने हो ?

पोखरा,
ताण्डव न्यूज ।

खरको घर । चर्केको भित्ता, भत्कन तयार रहेको छानो । गरिब, मजदुर गरी जीवन निर्वाह गरिरहेका एक बृद्ध जोडी । जस्तो दृश्य उस्तै आवाज ः
‘पैतालामा काँडैकाडा आँखा भरी बर्षा
मुटुभरी चोटै चोट छ छैन मनमा हर्षा ।।
टाउकाभरी ऋणैऋण छ, हत्केलामा ढेला,
भाग्य हाम्रो उस्तै होकी करिमको खेला ।। पहिरो गयो खरबारी घर केले छाउने हो, भन्देउ दाजै गरिबका दिन कहिले आउने हो । लौन सरकार भन्नुप¥यो दिन कहिले आउने हो ।’

बहुचर्चित गायक चोलेन्द्र पौडेलको ‘घर केले छाउने हो’ गीतको अंश हो यो । देशमा राजनीतिक परिवर्तन भएपनि गरिब र दुखीका दिन उस्तै छन् । आजपनि मजदुरी गर्ने, ज्यालादारीका दिन जस्ताको त्यस्तै छ । महंगीले आकाश छुँदा तरकारी किनेर खान नसक्ने गरिब दुखीको कथा गीतले बोलेको छ ।

Batas

आर्थिक अभावमा जेलिएको गरिब दुखीको जीवनयापनलाई भिडियोमा गजबै तरिकाले उतारिएको छ । गरिब दिन दुखीको कथा व्यथालाई गीतमा चित्रण गरेको गायक पौडेल बताउँछन् । उनी भन्छन्, ‘यो गीत आवाज विहीनहरुको आवाज हो ।’

डिजिटल स्टार पोखराको प्रस्तुतिमा बनेको यस गीतमा सुरबीर पण्डित (दारी बा ) स्वस्तिका लामिछाने र राजेन्द्र नेपाली (लट्टे ) को अभिनय छ । चन्द्रबहादुर बिकको शब्दमा तयार भएको गीतमा चोलेन्द्र पौडेलको स्वर र लय रहेको छ । गीतमा तारानाथ आचार्यको एरेन्ज र भिडियो निर्देशन रहेको छ । भिडियोलाई गणेश सापकोटाले खिचेका छन् भने सुवास अमगाइले सम्पादन गरेका छन् ।

 

 

 

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.