www.tandavnews.com
Fact ~ In search of truth

दशनामी युवा समिति कास्कीद्धारा ‘स्टेप बाइ स्टेप’मा लागु औषध दुर्व्यसनी विरुद्ध सचेतना

पोखरा ।

नेपाल दशनामी समाज युवा समिति कास्कीको आयोजनामा विद्यार्थीलाई लागु औषध दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ । समितिले जिल्ला प्रहरी कार्यालय कास्कीसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको हो ।

मासबारस्थित स्टेप बाई स्टेप माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीको उपस्थिती रहेको थियो ।

Batas

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवण कुमार बि.कले लागु औषध दुव्र्यसन के हो ? कसरी यसको दलदलमा फसिन्छ र कसरी टाढा रहने ? भन्नेबारे विद्यार्थीलाई प्रष्ट्याएका थिए । बिशेषतः ‘टिन एज’मा विद्यार्थीलाई विभिन्न कुराहरुमा उत्सुकता बढ्ने हुनाले ‘एकपटक त हो नी के हुन्छ र ?’ भनेर हेलचेक्र्याई गर्दागर्दै यसको लागुऔषधको दुव्र्यसनमा पर्ने गरेको उल्लेख गरे । डिएसपी बिकले कास्की प्रहरी कहाँ आइपुगेका विभिन्न घटनाहरुबारे जानकारी गराउँदै यसका लागि अपनाउनुपर्ने सावधानीबारे पनि विद्यार्थीलाई बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल दशनामी समाज युवा समितिका केन्द्रिय बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले विद्यार्थीलाई लागु औषधको नभई ज्ञान,सिप, जिज्ञासा र परिवर्तनको नशा हुनुपर्ने औंल्याए । उनले भने ‘तपाइहरुमा नशा हुनुपर्छ । तर लागु औषधको होइन । तपाइहरुसँग नशा हुनुपर्छ ज्ञानको, नशा हुनुपर्छ सिपको, नशा हुनुपर्छ जिज्ञासाको र नशा हुनुपर्छ परिवर्तनको ।’

नेपाल दशनामी समाज युवा समिति कास्की अध्यक्ष सरस्वती पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन समितिका सचिव सन्देश गिरीले गरेका थिए ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.