www.tandavnews.com
Fact ~ In search of truth

‘विद्यालय बन्द गर्नु अशोभनीय, नियमित पठनपाठनको व्यवस्था मिलाउनु’ : माछापुच्छ्रे गाउँपालिका

पोखरा
ताण्डव न्यूज ।

माछापुच्छ्रे गाउँपालिकाले आन्दोलनको नाममा विद्यालय बन्द नगर्न आग्रह गरेको छ । शिक्षक महासंघको नेतृत्वमा घोषणा गरिएको अनिश्चितकालिन विद्यालय बन्दको कार्यक्रमले बालबालिकाहरुको पढ्नपाउने नैसर्गिक अधिकारलाई बञ्चित गर्ने भन्दै सांकेतिक रुपमा मागहरु राख्न समेत अनुरोध गरेको छ ।

‘माछापुच्छ्रे गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको पठनपाठनमा बाधा नपर्ने गरी रचनात्मक र सांकेतिक रुपमा माग राखी नियमित विद्यालय सञ्चालन गरि पठनपाठनको व्यवस्था मिलाउन अनुरोध छ । नियमित पठनपाठनमा अवरोध पुर्याउने कार्य प्रचलित कानून विपरित हुन जाने व्यहोरा समेत जानकारी गराइन्छ’ गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

Batas

संघिय संसदमा हालै प्रवेश पाएको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्ने विधेयक २०८०’लाई लिएर शिक्षक महासंघको नेतृत्वमा देशैभरका शिक्षक आन्दोलनमा होमिएका छन् ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.