www.tandavnews.com
Fact ~ In search of truth

पोखरा फुटवेयर बिजनेस सेन्टरमा ‘दशैं जुत्ता चप्पल मेला’ सुरु

पोखरा ।

पोखरामा जुत्ता चप्पलहरुको संयुक्त शोरुम सञ्चालन गर्दै आएको पोखरा फुटवेयर बिजनेस सेन्टरमा दसैं तिहार लक्षित ‘दशैं जुत्ता चप्पल मेला’ सुरु भएको छ । बिजनेस सेन्टरको सृजनाचोक शोरुम र सिद्धार्थचोक शोरुम दुवै ठाउँमा मेला अन्तर्गतको छुट अफर लागू भएको सञ्चालक सबिन कार्कीले जानकारी दिए ।

मेलाको अवसरमा जुत्ता चप्पल खरिद गर्दा १५ देखि ६० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने जनाइएको छ । चाडपर्वको अवसरमा उपभोक्तालाई राहत होस् भन्ने उद्देश्यले मेला आयोजना गरेर छुट प्रदान गरिएको कार्कीले जानकारी दिए ।

Batas

शोरुममा १० वटा कम्पनीको ३० भन्दा बढी ब्राण्डका जुत्ता चप्पलहरु उपलब्ध छन् । चाडपर्वलाई लक्षित गरी नयाँ मोडलका जुत्ता चप्पल पनि उपलब्ध रहेको बताइएको छ ।

मेला र छुट अफर कात्तिक ४ गतेसम्म जारी रहने आयोजकको भनाइ छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.