www.tandavnews.com
Fact ~ In search of truth

योजना अनुगमनमा सांसद कार्की

पाेखरा ।

गण्डकी प्रदेश सभामा कास्की निर्वाचन क्षेत्र नं २ (१) बाट निर्वाचित सांसद भिम बहादुर कार्की योजना अनुगमनमा निरन्तर लागि परेका छन् । यसै क्रममा कार्कीले आर्थिक बर्ष २०७९-८० मा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत आफैले छनोट गरेका एक निर्वाचन क्षेत्र एक कृषि सडक अन्तर्गत पोखरा महानगर पालिका वडा न २१ मा रहेको फेदिपाटन सडकको अनुगमन गरेका छन् ।

उक्त सडक बहुबर्षीय आयोजना अन्तर्गत आर्थिक बर्ष २०७९-८० मा रू एक करोड विनियाेजन भएर निर्माण काम जारी रहेको छ भने चालु आर्थिक बर्ष २०८०-८१ मा थप रू ५० लाख बिनियोजन भएको छ । अनुगमनका क्रममा सांसद भिम बहादुर कार्की यो बर्षको काम निर्धारित समयमा नै सम्पन्न गर्न र गुणस्तर लगाएतका बिषयमा कुनै कमजोरी नगर्न निर्माण ब्यबसायी र सरोकारवालाहरूलाई आग्रह गरे ।

Batas

सांसद कार्कीले आयोजना संचालनका क्रममा देखिने समस्याहरूलाई एक आपसको बार्ता र सम्वादका माध्यमबाट समाधानको उपाय निकाल्न स्थानीय ,निर्माण ब्यबसायी, उपभोक्ता र सरोकारवालाहरू लाइ आग्रह गरे ।

साथै सांसद कार्कीले पोखरा महानगरपालिका वडा न १७ प्रगतिटोल र पोखरा २१ जोड्ने पुष्पलाल अध्ययन केन्द्र जोड्ने पुल, रू ३० लाखको लागतमा निर्माण हुदै गरेको पुष्पलाल केन्द्र खर्च्यांन बाटोको ,नवनिर्मित शहरी स्वास्थ्य केन्द्र २१ को बाँकि काम र साना शहरी खानेपानी आयोजनाको मुहान समेतको कार्यप्रगतिबारे जानकारी लिए ।

सो अवसरमा स्थानीयहरूले दम्सादीमा निर्माण हुदै गरेको मोटरेबलरेबल पूलको काम जति सक्दो छिटो निर्माण सम्पन्न गर्ने गरि पहल गरिदिन आग्रह गर्दै फेदीपाटन बत्ति मुनिको अध्यारो बनेको भन्दै गुनासो गरेका थिए ।

अनुगमनमा सांसद कार्कीसंगै स्थानीय ,उपभोक्ता , र स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.