www.tandavnews.com
Fact ~ In search of truth

गाजामा मृत्यु हुनेको सङ्ख्या दुई हजार २१५ पुग्यो

गाजा सहर (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) :
एक साताअघि दक्षिणी इजराइलमा हमासले आक्रमण गरेपछि गाजा सहरमा इजराइली हमलामा मर्नेहरूको सङ्ख्या सात सय २४ बालबालिकासहित कम्तीमा दुई हजार दुई सय १५ पुगेको प्यालेस्टिनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ ।
Batas
मन्त्रालयले हमलामा मारिनेहरूमा चार सय ५८ महिला रहेको जनाएको छ । हमलामा आठ हजार सात सय १४ जना घाइते भएका छन् । यसअघिको विज्ञप्तिमा मन्त्रालयले पछिल्लो २४ घन्टामा मात्र कम्तीमा तीन सय २४ जना मारिएको जनाएको थियो ।

 

रासस/एएफपी

–––

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.