www.tandavnews.com
Fact ~ In search of truth

वडाध्यक्ष पहारीले पदीय मर्यादा दुरुपयोग गर्दै काम रोकेको आरोप

पोखरा
ताण्डव न्यूज ।

पोखरा लेखनाथ महानगर वडा नं. ६ का वडाध्यक्ष जगत पहारीले पदीय मर्यादाको दुरुपयोग गर्दै तालबाराही माध्यमिक विद्यालयको जग्गामा काम रोकेको आरोप लागेको छ । विद्यालयको डिहिकोपाटन स्थित जग्गामा अस्थाई ट्रस्ट निर्माणको तयारी भइरहँदा वडाध्यक्षले काम रोकेको आरोप लागेको हो ।

विद्यालयका शिक्षक अभिभावक संघ अध्यक्ष नारायण प्रसाद अधिकारीले वडाका जनप्रतिनिधि सहितको उपस्थितीमा काम गर्न दिने भन्ने सहमति भएपनि अहिले आएर वडाध्यक्षले काम रोकेको आरोप लगाए ।

Batas

‘पठनपाठनमा थप शिक्षक कर्मचारी व्यवस्थापन गर्न आर्थिक आम्दानी गर्ने उद्देश्यले टेण्डर आह्वान गरिएको थियो । सबै सहमतीमा वडाध्यक्षको पनि हस्ताक्षर छ । अहिले आएर केही व्यक्ति र वडाध्यक्षले काम गर्न दिएका छैनन्’ उनले भने ।

२०७४ माघमा विद्यालयले टेण्डर आह्वान गरी विपुल कन्स्ट्रक्सन प्रालिलाई उक्त जग्गामा ३० फिट चौडाई र एक सय ३० फिट लम्बाईमा अस्थायी ट्रस्ट निर्माण गरि व्यवसाय गर्न ७ वर्षे सम्झौता गरेको थियो ।

सोही सम्झौता अनुसार विहीवार काम शुरु गर्न लाग्दा केही स्थानीयहरु पुगेर काम गर्न नदिएपछि ठेकदारसँग भनाभन भएको थियो । भनाभन पछि वडाध्यक्ष उक्त स्थानमा पुगेर काम रोक्न लगाएको अधिकारीले बताए । उनले यसलाई वडाध्यक्षले पदीय मर्यादाको दुरुपयोग गरेको उल्लेख गरेका छन् ।

‘वडाध्यक्षले समेत अस्थायी टहरा बनाउन दिने भनी पटक पटक बैठकमा दस्तखत गरेका छन्’ विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रशुराम पहारीले भने ‘वडाबाट नगरपालिकामा वडाध्यक्षबाट नै अस्थायी नक्सा निर्माणका लागि सिफारिस समेत भएको छ । यस्तो अवस्थामा काम रोकिनुले शंका उब्जाएको छ ।’

यता वडाध्यक्ष जगत पहारीले स्थानीयहरुलाई चित्त बुझाएर काम गर्नुपर्ने तर्क राख्छन् । ‘हो, सबै सहमती भएको हो । स्थानीयहरुलाई चित्त बुझाएर काम गर्नुस् भनेको हो । जग्गा भाडामा दिँदा विद्यालयलाई राम्रै हुने कुरा हो । यसको विरोध गरेको छैन मैले’ उनले भने ।

विभिन्न आरोपहरुको खण्डन गर्दै उनले आफूले काम नरोकेको ताण्डव न्यूजलाई बताए ।

यो पनि पढ्नुहोस्

धम्काउनेलाई कारवाहीको माग गर्दै शिक्षक अविभावक सघंका अध्यक्ष

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.