www.tandavnews.com
Fact ~ In search of truth

डाँडाघरे दोहोरीको शुभारम्भ साँझ

पोखरा ।

पोखराको चिप्लेढुंगामा सञ्चालनमा आएको डाँडाघरे दोहोरी साँझ (पुरानो ओपनहाउस) ले शुभारम्भ कार्यक्रमको आयोजना गरेको छ । यही कात्तिक १५ गतेदेखि १९ गतेसम्म शुभारम्भ कार्यक्रमको आयोजना गरेको दोहोरीका सञ्चालक होम गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार शुभारम्भ कार्यक्रममा समिक्षा अधिकारीको विशेष प्रस्तुति रहनेछ । कार्यक्रमको विशेष आर्कषणमा पशुपति शर्मा, रामजी खाँण, शिव हमाल, चोलेन्द्र पौडेल, राजु गुरुङ, घनश्याम रिजाल, राजन कार्की, निर्जला गुरुङ, माया गुरुङ, रेशम निर्दोष, सिता परियार र ओम गुरुङको साँगीतिक प्रस्तुति रहने गुरुङले बताए ।

Batas

‘कार्यक्रम अवधि भर दैनिक रुपमा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहनेछ । साँझ ७ बजेदेखिदेखि राति १ बजेसम्म कार्यक्रम चल्नेछ,’ उनले भने ।

दोहोरी साँझमा आवद्ध नियमित कलाकारहरुको पनि आर्कषण प्रस्तुति रहने जनाइएको छ ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.