www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा थप एक संक्रमितको मृत्यु

कास्कीको १८ महिने बालिका सहित प्रदेशमा थपिए ५९ संक्रमित

पोखरा,
ताण्डव न्यूज ।

गण्डकी प्रदेशमा थप एक संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा नगरपालिका –६ की ७५ वर्षीय कोरोना संक्रमित महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । उनको गोरखा अस्पतालमा हिजा राती साढे ८ बजे गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६० पुगेको छ ।

Batas

यसैबीच गण्डकीमा ५९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा कास्कीका १८ महिने बालिका पनि रहेको निर्देशनालयले जनाएको छ । थपिएका संक्रमित मध्ये कास्कीका ४२ जना,बागलुङका ३, गोरखाका १ र नवलपरासीका ११ जना रहेका छन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या १२ हजार १ सय १७ पुगेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.