काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन दूरगामी निर्णय गर्दै कूशलतापूर्वक सम्पन्न भएको जानकारी दिए।
बिम्स्टेक सम्मेलन काठमाडौँमा यही भदौ १४ र १५ गते १८ बुँदे घोषणपत्र जारी गर्दै सम्पन्न भएको थियो ।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले सबै पक्षलाई मिलाएर सफलतापूर्वक कूटनीतिक ढङ्गले बिम्स्टेक सम्मेलन गर्नसकेकामा सो श्रेय सम्पूर्ण नेपालीलाई उपलब्ध भएको जानकारी दिए । उनले दक्षिण एशिया र दक्षिण पूर्वी एशियालाई जोड्ने क्षेत्रीय सङ्गठन–बिम्स्टेक एक पुल भएको छ भने ।
प्रधानमन्त्री ओलीले बिम्स्टेक सम्मेलनमा भाग लिन आउनुभएका बिम्स्टेक राष्ट्रका राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग औपचारिकरुपमा दुई पक्ष हितका विषयमा गहन छललफ भएको स्पष्ट पारे । उनले बिम्स्टेक सम्मेलन सफल पार्न योगदान दिनुहुने तीनै तहका सुरक्षा निकाय बौद्धिक वर्ग, आम कर्मचारी पत्रकार सबै धन्यवादको पात्र थिए म उहाँहरुको मुक्तकण्ठले प्रशंसा गर्छु भने । -रासस
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.