काठमाडौँ ।
‘इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आइएफकेके)’को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ ।
आगामी सोमबारदेखि शुरु हुने उक्त प्रतियोगितामा विभिन्न पाँच विधामा प्रतिस्पर्धा हुने आयोजक आइएफकेकेका संस्थापक अध्यक्ष प्रेम लामाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । पुरुषतर्फ ३५ किलोमुनि, ५५ किलोमुनि तथा ६० किलोमुनि तौल समूहमा प्रतिस्पर्धा हुनेछ, भने महिलातर्फ ४५ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै विद्यालयतर्फ पुरुष २५ किलोमुनि तौल समूहमा खेल हुनेछ ।
एकदिने सो प्रतियोगितामा करीब १५० खेलाडीको सहभागिता रहने आयोजक संस्थाले जनाएको छ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा खेलाइनेछ । (रासस)
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.